नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

समाचार

२१ असार, चितवन । लगातरको बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले गर्दा गएरातिदेखि फेरि सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सो सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको छ ।

आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो । पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए ।

पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए । सडक बन्द हुँदा सो क्षेत्रमा सयौं सवारीसाधन अलपत्र परेका छन् ।