मसला कुट्ने खलले प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

पत्रपत्रिकाबाट समाचार

११ असार, जनकपुरधाम । धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार मसला कुट्ने खलले प्रहार गरी छोराले बुवाको हत्या गरेको हुन् ।

जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् ।

उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।