गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

Top Post राजनीति समाचार

४ असार, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने प्रस्तावको विपक्षामा २७ मत खसेको थियो। विश्वासको मतको प्रस्तावको विपक्षमा एमालेका २७ सांसद रहेका छन्।

प्रदेशसभा बैठकमा ५८ प्रदेश सभा सदस्य उपस्थित थिए। मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए।

कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदले समर्थन गरेका थिए।