कोहि भोको नपरुन भन्ने उदेश्यले निशुल्क खाना बाँड्दै ठमेलको एलओडी क्लब

समाचार

२ असार, काठमाडौँ। काठमाडौँ को ठमेलमा रहेको एलओडी क्लबले आफ्नै प्रांगण मा निशुल्क खाना बाँडेको छ। कोरोनाको महामारीले पर्यटन ब्यबसाय थिलथिलो भएर लाखौं मजदुर बेरोजगार भएको बेलामा क्लबले निशुल्क खाना बाँड्दै आएको हो।

निशुल्क खाना बाड्ने क्रममा असार १ गते पनि सयौं मानिसहरुलाई क्लबले खाना बाँडेको छ। एलओडी क्लबका संचालक रबिन श्रेष्ठका अनुसार, क्लबले भोका परेकाहरुलाई सानो सहयोग मात्र गरेको बताए। यस्तो महामारीमा हामि सधै अग्रसर भएर बिपदमा परेकाहरुलाई केहि न केहि सहयोग गर्दै आएको पनि श्रेष्ठले बताए।

क्लबले मनोरंजन मात्र होइन अप्ठ्यारोमा परेकालाई समेत हरेक समयमा सहयोग गर्दै आएको छ। गत सालको कोरोना महामारीमा समेत सो क्लबले हजारौं लाइ खाना बाँडेर सहयोग गरेको थियो।