एमाले नेता खनाल बिरामी, नर्भिक अस्पताल भर्ना

Headlines समाचार

३१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ।