युरोकप फुटबलमा आज तीन खेल हुँदै

खेलकुद समाचार

एजेन्सी । जारी युरोपको फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछ । आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछन् ।

आज हुने पहिलो खेलमा समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीच साँझ ६:४५ बजे प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन ।

यस्तै, आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यसैगरी, आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ।