लमजुङकि शहिद पत्नी मधु अधिकारीलाई मन्त्री वनाउने माओवादी केन्द्रको निर्णय

समाचार

२९ जेठ, पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एकएक जना मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

जसमा माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हाे । सहिद पत्नी समेत रहेकी उनले सभामुखमा पनि दाबी गरेकी थिइन् ।