कांग्रेस पदाधिकारी बैठक आज, यस्ता छन् एजेण्डा

Top Post राजनीति समाचार

२९ जेठ, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी लागि बैठक बोलाएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल तथा समसामयिक बिषयमा छलफल हुने स्रोतको दावी छ।

कांग्रेसले महाधिवेशन आगामी भदौ ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।