सामाजिक संजाल प्रयोगकर्ताहरूलाई साइबर ब्यूरोको चेतावनी

प्रबिधि समाचार

२४ जेठ, काठमाडौं । सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई नेपाल प्रहरीले चेतावनी दिएको छ । प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै अनुसन्धानको क्रममा रहेका विषयमाथि समाग्रीहरू बनाएको भन्दै चेतावनी दिएको हो ।

चेतावनी दिँदै प्रहरीको नोटमा भनिएको छ,’कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता समाग्रीहरू बनाउने, प्रकासन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न/नगराउन हुन अनुरोध साथै त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने व्यहोरासमेत जानकारी गराइएको छ ।’