शहिद लखन – ८ का वडाध्यक्षको मिलेमतोमा निशुल्क पाइने सेनेटरी प्याडलाइ बिक्रि गरेको खुलासा

पालिका बिशेष समाचार स्वास्थ्य

२४ जेठ, गोरखा। गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर-६ स्थित शितल मेडिकल हल बाट नेपाल सरकारबाट निशुल्क वितरण हुने सेफ्टी प्याड वडा ८ का वडाध्यक्षको मिलेमतोमा विक्री भइरहेकाे खुल्न आएको छ। निशुल्क वितरण हुने सेफ्टी प्याड विक्री भइरहेकाे अवस्थामा पालिका स्थित अनुगमन समितिले फेला पारेकाे हो । विक्री गरेर बाँकिरहेकाे ६५ थान प्याड नियन्त्रणमा लिइएकाे अनुगमन समितिका सँयाेजक गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताइन ।

वडा नम्बर ८ का वडा अध्यक्ष काशिनाथ अँगाइबाट सामग्री प्राप्त भएकाे र उहाँकै आग्रहमा आफूले विक्री गरेकाे मेडिकल सञ्चालक शितल श्रेष्ठले बताए । मैले विद्यालयमा दिनका लागि स्याम्पल मागेकाे थिएँ ,उहाँ (वडा नम्बर ८ का वडा अध्यक्ष) ले पठाइदिनुभयाे लकडाउन पछि पसलमा समान अभाव हुँदै जाँदा साे प्याड ७० रुपैयाँका दरले विक्री गरेकाे उनले बताए । श्रेष्ठले भने, मैले बेच्दिन र पछि लफडा हुनसक्छ भनेको थिएँ तर उहाले केहि फरक पर्दैन भन्नुभयो। पछि केहि लफडा परेको खण्डमा म मिलाउछु भन्नु भयो।

मेडिकल सञ्चालक श्रेष्ठले भने, भाेली अनुगमनका कुरा आए भने पनि आउने हामी नै हाे केही फरक पर्दैन चलेकाे मूल्यमा बेच्नु भनेका कारण आफूले विक्रि गरेकाे उनले बताए । आवश्यकता परे आफूले अरु पनि सामग्री उपलब्ध गराउन सक्ने वचन दिएकाे उनकाे भनाइ छ । श्रेष्ठले याे सामग्री विक्री गर्न हुँदैन भन्ने जानकारी भएपछि दिनेले बेच्नु भनेपछि आफूले विक्री गरेकाे उनले बताए ।

वडा ८ का अध्यक्ष अँगाइलाइ किन यसरी मिलेमतोमा प्याड बिक्रि गर्नु भयो भन्ने प्रश्नमा उहाँले भने, मैले जनशक्ति माबि नाम्जुंग लाइ पठाएको सामान हो तर उता मेडिकल मा गएछ। मैले सोहि सामग्रीहरु नबेच्नु भन्दा भन्दै शितल जी ले बेच्नु भयो यो सरासर उहाँको बदमासी हो।

जनशक्ति मा.वि. लेखिएकाे कार्टुन भित्र रहेकाे प्याडमा साे विद्यालयका प्रधानाध्यापककाे सम्पर्क नम्बर अँकित छ । साे विद्यालयका प्रधानाध्यापक चिरन्जिवि काप्रिका अनुसार विद्यालयका लागि प्याड खरिद गर्नुपर्ने भएकाे हुँदा स्याम्पलका लागि माग गरिएकाे र विद्यालयलाइ भनेकाे बाकस मेडिलकमा र मेडिकलका लागि आएकाे विद्यालयमा आएकाे उनले बताए । विद्यालयमा आएकाे सामग्रिमा पनि नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेखिएकाे प्रधानाध्यापक काप्रीले बताए ।

गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार, यसरी बदमास गर्ने लाइ निएम अनुसार कारबाही हुन्छ। यो गम्भीर लापरबाही हो र यसबारेमा हामि बैठक बसेर छिट्टै निर्णय गर्ने थापाले बताए।

विद्यार्थिहरुलाइ निशुल्क प्रदान गर्ने उक्त प्याडमा नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेख्नु अनिवार्य हुन्छ, त्याे सामग्री वाहिर विक्री गर्न पाइँदैन, निशुल्क वितरण गर्ने सामग्री विक्रि वितरण गर्ने गराउनेलाइ कारवाहि हुन्छ स्वास्थ्य सेवा विभागका महानिर्देशक निर्देशक डा. दिपेन्द्र रमन सिँहले बताए ।