प्रतिगमनका विरूद्द पुत्ला दहन

राजनीति समाचार

२३ जेठ, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

विपक्षी गठबन्धनका विद्यार्थीहरुले आइतबार साँझ कोटेश्वरमा संसद विघटन, चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद विस्तारको विरोध गर्दै पुत्ला दहन गरेका हुन्।

पुत्ला सहित प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो। आइतबार नै गोंगबुमा पनि नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारको विरोधमा प्रदर्शन गरेका थिए।

शनिबार प्रदर्शनी मार्गमा प्रदर्शनमा उत्रेका ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।