नेम्वाङ्का कारण पटक पटक पछारिए पोखरेल !

राजनीति समाचार

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्री परिषद पुनर्गठन गर्दा १३ मन्त्रीलाई विदा गरे । जसमा उपप्रधामन्त्री इश्वर पोखरेल पनि परे ।

इश्वरका लागि प्रधानमन्त्रीको यो कदम अप्रत्यासित थियो । किनकी उनी उपप्रधानसहित गृहमन्त्री वन्ने दाउमा थिए । तर, भएको पदसमेत गुमाएपछि उनी नेता सुवास नेम्वाङसँग आक्रोसित हुन्दै मन्त्रालयवाट वाहिरिएका छन् ।

यो घटनाले इस्वर पोखरेल र सुवास नेम्वाङविचको टकराव थप उत्कर्षमा पुगेको छ । नेम्वाङकै कारण आफुले उपप्रधानमन्त्री समेत गुमाउनु परेको इश्वरको वुझाई छ । माओवादी केन्द्रवाट एमालेमा प्रवेश गरेका राम बहादुर थापा वादललाई हटाउन पाए आफु गृहमन्त्री वन्न पाउने सोचेका पोखरेल यतिवेला भने पछुताएका छन् । वादललाई हराउँदा उनी आफै हट्नु परेको छ। राष्ट्रिय सभा उपनिर्वाचनमा वादललाई हराउन पोखरेलले भुमिका खेलेको आरोप लाग्दै आएका छ।

प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रक्षा मन्त्रालयसहित सिंहदरबार प्रवेश गरेका ईश्वर पोखरेल अन्ततः भुमिका विहिन हुँदै वाहिरिनु परेको छ। उनको आफनो गतल कृयाकलापका कारण रक्षा मन्त्रालयवाट हट्नु पर्यो । उनी भुमिका विहिन वनाएर प्रधामन्त्री कार्यालयमा थन्क्याईए । पछि उनलाई सीसीएमसीको संयोजक वनाईयो । तर, त्यहाँ पनि विवादित भएपछि उनलाई भुमिका विहिन वनाईयो । त्यसपछि उनको गृहमन्त्री बन्ने दाउ थियो । तर, मन्त्री परिषदबाटै हटाइए पछि यि सम्पुर्ण घट्नाक्रममा नेम्वाङ्गले खेल खेलेपछि उनको वुझाई छ ।

पोखरेल र नेम्वाङका विचको टकराव यो मात्रै पहिलो होईन। उनीहरुका विचमा लामो समयदेखि खिचातानी चल्दै आएको छ। ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनमा दुइपटकका महाचिव भएका हुन् । यसैगरी, सुवास नेम्वाङ दलका उपनेता समेत हुन् । संविधानसभाका पूर्व अध्यक्ष समेत रहेका नेम्वाङ कुटनीतिमा माहिर मानिन्छन् । एमालेमा अहिले दुवै जना ओलीको उत्तराधिकारीको लाईनमा छन् ।

दुवै नेता एक अर्कालाई सिद्याउने र आफु अघि वढ्ने हिसावले अघि वढिरहेको प्रष्ट देख्न सकिन्छ। इश्वर पोखरेललाई पार्टीमा आफु नेम्वाङ भन्दा पुरानो नेता भएको घमण्ड छ। उनको ब्यवहारवाट पनि त्यो कुरा झल्किन्छ। उनी आफुलाई ओलीको समकक्षी र उनकै हाराहारीको नेताका रुपमा दाँज्छन् । पार्टी सुत्रका अनुसार नेम्वाङ पक्षले पोखरेललाई पार्टी एकता भाँडेको आरोप लगाउने गरेका छन्।

यसैगरी, नेकपा भित्र विवाद हुँदा प्रधानमन्त्री ओलीले नेम्वाङलाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । त्यस वेला पोखरेलले नै त्यसमा अड्को थापेको उक्त समुहको वुझाई छ। यस्तै राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फवाट उम्मेदवार वनेका पूर्वमाओवादी नेता रामवहादुर थापा ‘वादल’ लाई हराउन रोल खेलेको पोखरेल माथि आरोप छ।

पोखरेलले वाहिर चै वादललाई जिताउन सर्कुलर जारी गरेको तर, भित्रि रुपमा उनको विपक्षमा काम गरेको पार्टी भित्रकै वुझाई छ ।

अर्कोतर्फ पोखरेलले नेम्वाङलाई अवसरवादी नेताको रुपमा चित्रण गर्ने गरेका छन् । पेशाले वकिल रहेका नेम्वाङले ब्यवासायवाट चरम लाभ लिएको पोखरेल पक्षको आरोप छ । लगातार दुई पटक सभामुख भईसकेका नेम्वाङ संगठन निर्माण तथा पार्टी हितमा सकृय हुने भन्दा पनि पदकै लागि कृयाशिल रहने गरेको वताईन्छ ।

नेम्वाङ्गमा चरम ढुलमुले प्रवृत्ति रहेको र पार्टी एकता हुँदा झण्डै ओलीलाई छोडेको उनी माथि आरोप छ। जुन नेता संगठनमा वलियो जस्तो देखिन्छ, उतै ढल्किने स्वभाव उनमा रहेको, संविधान निर्माणका क्रममा तथा त्यसअघि र पछि पनि निरन्तर रुपमा जनजातीलाई उचालेर पार्टीलाई कमजोर वनाउन खुराफात गरेको पोखरेल निकट नेता÷कार्यकर्ताहरु वताउँछन् ।

नेम्वाङले प्रधानमन्त्री ओलीलाई कानुनी रुपमा गलत सल्लाह दिने गरेको आरोप पनि लाग्ने गरेको छ । नेपाल आजमा समाचार छापिएको छ।