वालुवाटारले अनावश्यक अफवाह फैलायो: नेता श्रेष्ठ

राजनीति समाचार

२२ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै नगरेको स्पष्ट पारेका छन् ।

बालुवाटार पुगेर ओलीसँग भेट गरेको र सरकारमा सहभागी हुन तयार रहेको प्रस्ताव राखेको समाचार एक अनलाइनमा आएपछि श्रेष्ठले उक्त समाचारमा कुनै सत्यता नभएको स्प्ष्ट पारेका छन् । उक्त अनलाईनले निवर्तमान राज्यमन्त्री रामबीर मानन्धरको भनाई राखेर समाचार प्रकाशन गरेको थियो ।

श्रेष्ठले भने उक्त समाचारमा सत्यता नभएको भन्दै यसलाई बालुवाटारले फैलाएको अफवाह भएको बताए । उनले भने-“म बालुवाटार गएकै छैन् । केपी ओली त प्रतिगामीको मतियार हो । केपी ओलीजस्तो प्रतिगामीको मतियारसँग सहकार्य गर्ने कुरा त सोच्नपनि सकिँदैन् । ओलीसँग अब न पार्टी, न सरकार केहीमा पनि सहकार्य हुँदैन् ।”