शहिद लखन – ७ का स्थानीय युवाहरुको सक्रियतामा स्वास्थ्य सामाग्रीहरु वितरण

पालिका बिशेष समाचार स्वास्थ्य

२१ जेठ, गोरखा। गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ का युवाहरुको बिशेष पहलमा स्थानीयहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ। कोरोना नियन्त्रण को लागि प्रत्यक घर परिवारलाई माक्स र सेनिटाइजर एक कार्यक्रमका बीच वितरण गरिएको हो।

सोहि वडा का स्थानीय युवाहरुको अग्रसरतामा कोरोना नियन्त्रणको लागि समिति नै बनाएर काम थालिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए। अहिलेसम्म १७ लाख को हाराहारीमा नगद पनि संकलन भएको र थप स्वास्थ्य सामाग्रीहरु पनि संकलन भइराखेको बुन्कोट स्वास्थ्य चौकी प्रमुख बिमला पुलामी मगरले जानकारी गराइन। स्वास्थ्य चौकी प्रमुख मगरका अनुसार, उठेको पैसाले स्वास्थ्यचौकीमा १० बेडको आइशोलेशन निर्माण कार्यलाई तदारुकताका साथ सप्पन्न गरिसकिएको छ। युवाहरुको आँट र भरोसाले गर्दा नै हामीलाइ कोरोना नियन्त्रणमा थप हौसला मिलेको बताइन।

आपतकालीन आर्थिक संकलन समितिका संयोजक प्रेम श्रेष्ठका अनुसार, कोरोना महामारी बढे सङ्गै गाउँघरमा बढ्दै गएको संक्रमण दरलाइ नियन्त्रण गर्ने र सन्क्रमित व्यक्तिलाइ तत्काल आवश्यक पर्ने स्वास्थ्य सेवालाइ थप प्रभावकारी र विश्वसनिय बनाउने उद्देश्यले वडा .७ स्थित बुङ्कोट स्वास्थ्यचौकीमा १० बेडको आइशोलेशन निर्माण कार्यलाई तदारुकताका साथ सप्पन्न गरि सकेपछी गाउँघरमा स्वास्थ्य चेतना अभिवृद्धि गर्दै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि वडा भित्र रहेका सम्पुर्ण घरपरिवारलाइ पुग्ने गरि मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आपतकालीन आर्थिक संकलन समितिले काठमाडौ देखि स्वास्थ्यसामाग्री गाउँपालिकाका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जीवन आले मगर, वडाध्यक्ष शरण श्रेष्ठ, स्वास्थ्यचौकी इन्चार्ज बिमला पुलामी मगर, वडा ८ का वडाध्यक्ष काशिनाथ अम्गाइ, वडाका जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, २८ वटा टोलका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवी लगायत वडा तथा स्वास्थ्यचौकीका कर्मचारीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा आपतकालीन समितिका संयोजक प्रेम श्रेष्ठ, सदस्यहरु चित्र थापा मगर, शंकर प्रधान, भक्त थापा मगर (जनित ), कुमार श्रेष्ठ, उज्वल खनाल, किरण बाबू श्रेष्ठ सहित प्रचार प्रसार तथा सहयोग उपसमितिका संयोजक राजकुमार आले, अमृत श्रेष्ठ, राजन श्रेष्ठ, राजन आले मगरको समेत उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष रमेश थापाले कार्यक्रममा सम्बोधन गर्दै , यो कदम र कार्यले वडा भित्र कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । हामी सबै आफ्नो ठाउबाट एकजुट भई यो महामारी नियन्त्रणमा भुमिका निर्वाह गरौ । आफू बाचौ, अरुलाइ बचाऔ । सन्क्रमितलाइ असल व्यवहार गरौ । फ्रन्टलाइन उभिएर खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि लगायत सबैको हौसला बढाउने काम गरौ ।

भौतिक दुरी कायम गर्दै जनप्रतिनिधि र वडा ७ का टोल सुधार समितिका संयोजकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरएको थियो। वडा ७ मा रहेको २८ ओटा टोल सुधार समितिलाई समेटेर प्रत्यक घर लाइ मास्क र सेनिटाइजर वितरण गरिएको थियो। वडा ७ भित्र लगभग ९०० घरपरिवार हरु रहेका छन्।