सरकारी गाडी लिएर डेटिङ जाने को हुन् ?

समाचार

१९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यतिबेला काठमाडौँ उपत्यकामा निषेधाज्ञा छ । अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाईएको छ । यस्तो अवस्थामा सरकराी गाडीनै लिएर डेटिंग गएको एक जोडीको भिडियो भने सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । आइतबार काठमाडौंको स्वयम्भूनाथमा ‘प्रदेश नं. ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीमा एक जोडी डेटिंग पुगेको भेटिए।

उक्त जोडी त्यहाँ कुनै सरकारी कामले गएको थिएन। कार्यालय समयमा उक्त जोडीे यसरी रमाउन स्वयम्भू पुगेको थियो।

निषेधाज्ञामा सरकारी गाडी हुइँकाउँदै युवती लिएर घुम्न जाने ती कर्मचारी कुनै तल्लो दर्जाका कर्मचारी नभएर सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको बताईएको छ ।

निषधाज्ञाको ‘रिर्पोटिङ’मा निस्केका सञ्चारकर्मी छायाँचन्द भण्डारीले सरकारी गाडी स्वयम्भुमा देखे।

अनि खोजीनीति गर्दै गएपछि एक ती सरकारी अधिकारीले एक युवती लिएर आएको र गाडी पार्किङ गरी झाडी पसेको सूचना पाए।

त्यसपछि भण्डारीले उक्त जोडीलाई पछ्याए। फोटो भिडियो लिन थाले। पत्रकार भण्डारीले भिडियो लिएकोबेला त्यो जोडीलाई केही वास्ता भएन।

जोडी त्यो ठाउँबाट नउठेपछि भण्डारीले ‘के हो तपाईहरुको पारा ?’ भन्दै बोलाएपछि त्यहाँबाट त्यो जोडी हतार–हतार उठेर गाडीमा पुग्यो र अनुहार छोप्दै भाग्यो।