विवेकशीलका पूर्वअध्यक्ष उज्वल थापाको निधन

Headlines समाचार

१८ जेठ, काठमाडाैं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि ECMO (एक्मो) प्रविधिबाट मेडिसिटी अस्पतालमा उपचाररत थापाको केही बेरअघि निधन भएको पार्टीका नेता रविन्द्र मिश्रले जनाएका छन् ।

थापाको निधनपछि परिवारका सदस्य अस्पतालमा पुगेका छन् र सिमित व्यक्तिहरूवाट मात्र दाहसंस्कार गर्ने पारिवारिक श्रोतले वताएको छ।