एमाले स्थायी कमिटी बैठक आजपनि स्थगित, भाेलि ११ बजे बस्ने

Top Post समाचार

१७ जेठ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (सोमबार) बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।

जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको उनले जानकारी दिए ।