काठमाडौं सहित देशभर मौसम बदली, सामान्य वर्षाको सम्भावना

समाचार

१६ जेठ, काठमाडौं । मौसममा सुधार आएको एक दिनमा नै फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वायुमण्डलमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएर मौसम बदली भएको हो ।

देशका पहाडी भू-भागका अधिकांश स्थानहरुमा आंशिक र सामान्य बदली रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।