कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड बजेट विनियोजन

Headlines समाचार

१५ जेठ, काठमाडौँ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले ३७ अर्ब ५३ करोड बजेट छुट्याएको गरेको छ । शनिबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रणमा सरकार केन्द्रित रहेको बताएका छन् ।

मन्त्री पौडेलले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् ।