कोरोना नियन्त्रणको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्ग द्वारा विभिन्न निर्णय

Top Post पालिका बिशेष समाचार

१५ जेठ, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्ग द्वारा कोभिड-१९ संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी विभिन्न निर्णयहरु गरेका छन्। आज भएको बैठक बाट जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, जिल्ला अस्पतालका मेसुरहरु, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुलाई निर्देशन समेत दिई स्वास्थ्य मन्त्रालयका तर्फबाट बजेट पनि उपलब्ध गराउने निर्णय गरेका छन्।

कोरोना नियन्त्रण को लागि औषधी खरिदका लागि सबै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई ५ लाख रुपैयाँ दिने निर्णय पनि बैठक ले गरेको छ। त्यसैगरी अक्सिजन फिलिङ र ढुवानीका लागि जिल्ला अस्पतालहरुलाई थप ५ लाख रुपैयाँ पनि दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको छ।

साथै, कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पतालहरुलाई ५ लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ।

डिसिसिएमसीहरुलाई कोभिड व्यवस्थापनका लागि थप लाख रुपैयाँ दिने र जनचेतना वृद्धि र खोज अनुसन्धानका लागि जिल्ला आयुर्वेद औषधालयहरुलाई २/२ लाख रुपैयाँ दिने निर्णय भएको मुख्य मन्त्री का प्रेस सल्लाहकार बिक्रम न्यौपानेले बताए।

गाउँगाउँमा एन्टिजेन परीक्षण दायरा बढाउनु को साथै समयमा कोभिड परीक्षणका लागि कर्मचारीहरुलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँगाउँ खटाउने निर्णय समेत गरेको न्यौपानेले बताए।