फुटबल र क्रिकेटमा जीत सरकारकाे सफलता : प्रधानमन्त्री

Headlines समाचार

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा पछिल्लो समय हासिल गरेको जीतलाई आफ्नो सफलता भएको दावी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा साग खेलकुद र क्रिकेटमा नेपालले हासिल गरेको जीतको श्रेय आफू भएको बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद भव्य रूपमा सम्पन्न गरेको बताउँदै प्रतियोगितामा हासिल गरेको जीतप्रति पनि आफ्नो सफलतासँग जोडेका हुन् ।

सम्बोधनमा प्रधानमन्त्रीले भने ‘भव्य रूपमा सम्पन्‍न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्‍ट प्रदर्शन गरेको छ। त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको छ।’