पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको मृत्यु

Headlines समाचार

१३ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०९९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६७३१ र ५७८ एन्टिजेन विधिबाट परीक्षण गर्दा २०८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७२२६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ । नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।