प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

Top Post राजनीति समाचार

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका् आकस्मिक बैठक बोलाएका छन् । अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकको सूचना आइपुगेको छ । बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको ती मन्त्रीले बताए ।