झुटको राजनिती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म ? : रेणु दाहाल

पालिका बिशेष समाचार

४ जेठ, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले झुटको राजनिती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म ? भनेर प्रश्न गरेकि छन्। कोरोना बाट मृत्यु भएकाको शब जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने समाचार अनलाइन वाट प्रकाशित भएपछि साईवर स्यालहरू खवरदार भन्दै सामाजिक संजाल मार्फत् भ्रममा नपर्न सम्पुर्णलाई आग्रह गरेका छन् ।
अनलाईनको को समाचार प्रति घोर आपत्ति जनाउँदै भरतपुर महानगरले बिगत देखि हाल सम्म कोरोना कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याए सम्म ईमान्दारितापुर्ण उपाए र कोसिस गर्दै आएको प्रस्ट पारेका छन् ।

कोरोना बाट मृत्यु भएकाको शब जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने समाचार पुर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगर ले कुनै पनि लास ब्यबस्थापन गरेर पैसा नलिएको र शब जलाउने कार्य महानगरको नरहेको प्रष्ट पार्न चाहन्छु, मेयर दाहालले भने । महानगरले यस्तो गर्यो भनेर गरिएको यस्ता खाले भ्रमपुर्ण समाचार संप्रेषण गर्ने लाई आबश्यक कार्बाहीको माग पनि गरेका छन् ।

कोरोना बाट मृत्यु भएकाहरूको लाशको ब्यबस्थापन गरिने दायित्व केन्द्र सरकारले सेना प्रहरी प्रशासन लाई तोकेको छ। आज सम्म ब्यवस्थापन त्यसरीनै हुदै आएको छ। फेरी पनि हामीले स्थानिय सरकारको तर्फ बाट बिगत देखिनै सम्पुर्ण शब ब्यबस्थापनका लागी महानगरको jcb र चालकको व्यवस्था हुंदै आएको पनि मेयर दाहालले वताउनु भयो ।
यस्तै गरि महानगरले संक्रमित बिरामीका लागी उपचारमा सहज होस भनेर ४ वटा एम्बुलेन्स निशुल्क ब्यबस्था गरेको छ।

त्यसैले जसले समाजमा आफ्नो कर्तब्य एक ईन्च पुरा गर्दैन उसले अरूको बिरोधमै समय खर्चिने गर्छ। यस्तो अबस्थामा सत्य तथ्य समाचार संप्रेषण गरि जनसमुदाय लाई सुसुचित गर्नु पर्ने ठांउमा उल्टो झुटो समाचार प्रेषित गरी भ्रम छर्ने बिरोध मात्रै गरि बस्ने मनुवा लाई जति भने पनि कम नै हुन्छ, उनले भने ।