आचारसंहिता मिच्दै वादललाई गृहमन्त्री

Top Post समाचार

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

राष्ट्रियसभा सदस्य पदका उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’लाई पनि ओलीले पुनः गृहमन्त्री बनाएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको पनि ओलीले ‘बादल’लाई नै गृहमन्त्री बनाएका हुन् ।

आचारसंहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न नमिल्ने निर्वाचन आयोगका उच्च अधिकारी बताउछन् । तर, बादललाई भने मन्त्री बन्नको लागि आचारसंहिता छेक्न सकेन ।