जसपा ठाकुर पक्षका सांसदरु भक्तपुरको रिसोर्टमा

Headlines राजनीति समाचार

३० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरू भक्तपुरको सिपाडोलस्थित डोलेश्वर रिसोर्टमा राखेका छन्। बिहीबार उनले आफ्ना पक्षका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा राखेका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि भेला गर्न भन्दै १९ जना सांसदहरु सो रिसोर्टमा राखिएको स्रोतले बतायो ।

रिसोर्टमा होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहित ठाकुर पक्षीय १३ जना सांसदहरु रहेको स्रोतको भनाइ छ।