पछिल्लो २४ घण्टामा ८२८७ जना कोरोना संक्रमित थपिए

Headlines समाचार स्वास्थ्य

२५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८२ सय ८७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८२ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।