नेपालमा कोरोना नियन्त्रणमा छ : प्रधानमन्त्री

Headlines राजनीति समाचार

२५ बैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताएका छन् ।

शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलको प्रत्यक्ष प्रसारणमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताएका छन् । उनले आगामी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार ओलीले शनिबार दिउँसो १२:०१ बजे ‘लाइभ’ अन्तर्वार्ता दिएका हुन्। नेपालमा पनि दोस्रो लहरको कोरोना महामारीले भयावह रुप लिदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु यस्तो अपिल गरेका हुन् । उनले सरकारले यसको नियन्त्रणका लागि सक्दो प्रयास गरी रहेको समेत बताए ।