एकै दिन थपिए ९ हजार ७० जना कोरोना संक्रमित

Top Post समाचार स्वास्थ्य

२३ बैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा नौ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । २१ हजार एक सय १२ जनाको परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार पाँच सय ८० जना पुुगेको छ । त्यस्तै २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएको छ । हालसम्म तीन हजार पाँच सय २९ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै दुई हजार सात सय सात जनाले कोरोना जितेको छ । दिन प्रतिदिन बढ्दै गईरहेको संक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले थप सजगता अपनाउन आग्रह गरेको छ ।