गाउँ गाउँमा कोरोनाको सन्त्रास संगै वडाध्यक्षको पहलमा स्वास्थ्य सामग्री जुटाउन पहल सुरु

पालिका बिशेष समाचार स्वास्थ्य

२३ बैशाख, गोरखा। देशका विभिन्न ठाउमा कोरोना कहरले सताइरहदा स्थानीय तहले आ आफ्नै ढंगले योजना बनाएर स्वास्थ्य सामाग्री जुटाउन थालेका छन्। गोरखाको सहिद लखन गाउपालिका वडा ७ का वडाध्यक्षको पहलमा कोरोना संक्रमितहरु लाइ उचित ब्यबस्थापन गर्नको लागि अक्सिजन र अन्य सामाग्री संकलनको लागि नगद सहयोग कार्यक्रम थालिएको छ।

यो अभियानमा बिशेषगरि काठमाडौँमा रहेर कर्म गर्दै आएका युवाहरुको सक्रियता रहेको छ। श्रेष्ठका अनुसार सक्रिय युवाहरु: प्रेम श्रेष्ठ, प्रदीप राज वन्त, शंकर प्रधान लगाएतको विशेष सहभागिता रहेको बताए। हामि गाउँमा बस्नेहरुले त पहल मात्र गर्ने हो तर संकटको घडीमा विभिन्न राजनीतिक दलका युवा साथीहरुको जोश र जाँगरले मात्र यो अभियान सफल हुने श्रेष्ठले बताए।

वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, विभिन्न दलका स्थानीय प्रतिनिधि र अगुवाहरु संगको बैठक बाट निर्णय गरि नगद संकलन अभियान सुरु गरिएको हो। सहिद लखनको ७ र ८ मा कोरोना संक्रमितको दर बढ्दै गएको अबस्थामा देश बिदेशमा रहनु भएको नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्न आग्रह गरेको पनि श्रेष्ठले बताउनु भयो। हाम्रै स्वास्थ्य चौकीमा अक्सिजन सहितको शैया बनाउन सकियो भने बाहिर लैजान पर्ने अवस्था रहदैन र कोरोना बाट संक्रमितको उपचार सजिलै गराउन सकिने छ, श्रेष्ठले भने। छोटो समयमा सबैको साथ पाएको र अभियान लाइ निरन्तरता दिन पनि श्रेष्ठले अपिल गरेका छन्।

अहिले वडा ७ मा ३ दिनको सुत्केरी महिला लाइ पनि संक्रमण देखिएको छ र घरमै आइसोलेसनमा राखिएको छ। जसपाका वडा प्रतिनिधि मधुकर राज वन्त का अनुसार बृद्द बृद्दाको संख्या धेरै नै रहेको छ र वडाबासीहरुले पनि स्वास्थ्य को मापदण्ड पूर्ण रुपमा पालना नभएको बताए। संक्रमित को संख्या दिनप्रतिदिन बढ्दै गएमा गोरखामा संचालित निजि तथा सरकारी अस्पतालले थेग्न नसक्ने बताए। उनका अनुसार, केहि हद सम्म सहयोग जुटाएर अक्सिजन को व्यवस्था गर्न सकियो भने मात्र पनि वडाबासीहरु लाइ धेरै राहत पुग्ने बताए।

त्यसैगरी, वडाले एक बिज्ञप्ति जारी गर्दै, सबै सचेत रहेर, नआत्तिकन र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन गर्न पनि वडाबासि दाजुभाइ दिदीबहिनीहरु संग आग्रह गरेको छ।