रेम्डिसिभिर कालोबजारी गर्ने गोरखाका मियाँ पक्राउ

समाचार स्वास्थ्य

२३ वैशाख, काठमाडौं । हाल विश्‍वभरी माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेम्डिसिभिर को कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा खोज तलास गर्ने क्रममा रेम्डिसिभिर ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित बसुन्धरामा बिक्री वितरण गर्न आएका जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई रेम्डिसिभिर ६ थान सहित महानगरीय अपराध महाशाखा,मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरिले जनाएको छ। निज पक्राउ प्रतिवादीले का.जि.महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएकोमा हाल निज दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको जनाएको छ ।
उक्त ईन्जेक्सन बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ। । उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्‍याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको छ।