काठमाडौं उपत्यका छाड्न चाहेमा सम्वन्धित स्थानीय तहको सिफारिस अनिवार्य

Top Post समाचार

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरूले स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेहरूले सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य रूपमा लिनुपर्ने निर्णय गरेको हो ।

स्थानीय तहले १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता जनाएको पत्र उपलब्ध गराए मात्रै सम्बन्धित व्यक्तिलाई गाउँ जान दिने बैठकको निर्णय छ । ‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रूपमा १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धतासहितको सिफारिसका नाकामा पेश गर्नुपर्नेछ,’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णय छ ।

तीन जिल्लाका प्रशासन प्रमुखहरूको बैठकले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।