नेपाली काँग्रेसद्वारा ” संघीय शासन यात्रा- बहस ” शुरु

राजनीति समाचार

२१ वैशाख, काठमाडौं । नेपालमा प्रदेश सरकार तथा संघिय सरकारमा सत्ताकाे लुछाछुडि चलिरहेकाे , लुम्बिनी, गण्डकी प्रदेशमा राजनीतिक व्यवस्था प्रति नै असहजता प्रकट गराउन सक्ने खालका घृणित राजनीतिक खेलहरु चलसरहेका बेला नेपाली काँग्रेस पार्टीले भने ” संघिय शासन यात्रा – बहस ” शुरु गरेकाे छ ।

नेपाली काँग्रेसकाे संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय बिभागले संघियता कार्यन्वयनकाे ४ बर्षे अबधिकाे अनुभव , कमजाेर तथा सबल पक्षबारे छलफल चलाएर देशभरका नागरिक , राजनीतिकर्मी , पेशाकर्मी तथा बुद्धिजीवी समेतबाट विचार र अनुभव संकलन गरेर पार्टीको राजनीतिक लाइन अनुसार धारणा निर्माण तथा संघियताकाे प्रभावकारीता वृद्धिका लागि के कसाे गर्नु पर्छ , अहिले सम्मकाे अपेक्षा पूरा हुन नसक्नुका पछाडिको दुर्वलता कारण र यसलाई बलियाे र नागरिकमुखी , मितव्ययी तथा वढि लाेकतान्त्रिक बनाउन के कसरी अगाडि बढ्नु पर्छ त ! भन्ने समेत पार्टीलाई सुझाव दिने उद्देश्यले अध्ययन अनुसन्धान गर्न शुरु गरिएको बिभागका सचिव युवराज बस्ताकाेटीले बताउनु भयाे ।
बिभागका प्रमुख तथा नेका केन्द्रीय सदस्य रमेश रिजालले पार्टीको यस प्रकारकाे संघिय शासन यात्रा बहसमा सबै पक्ष र तप्काका नागरिकको सहभागीताका लागि आब्हान समेत गर्नु भएकाे छ । बिभागले गर्ने कार्य हाललाई सामाजिक सञ्जाल तथा जुम बैठकबाट सल्लाह र सुझाव लिईन शुरु गरिएको बताईएकाे छ ।

संघिय शासनकाे अनुभव र प्रभावकारिता वृद्धिका लागि चाल्नु पर्ने कदमहरु समेटेर सुझाव पत्र तयार गरिने र साे पार्टीलाई बुझाईने बताईएकाे छ ।