निषेधाज्ञामा नेपाल टेलिकमको प्याक अफर

समाचार

२१ वैशाख, काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ ।

मंगलबार प्रेसविज्ञप्ती जारी गर्दे टेलिकमले देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको जनाएको हो । अफर लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा समेत लिएको छ ।

यस्तो छ अफर सूविधाहरु :

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले सि्प्रङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार १ स्टार ४ ह्याज डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ८ स्टार २ ह्याज डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ९ स्टार ३ ह्याज डायल गर्न सकिन्छ ।