लकडाउनको वेलामा साहुजि डटकमले कोठाको सामान सुरक्षित राखिदिने

समाचार

१४ वैशाख, काठमाडौं । लकडाउनको अवधिभर साहुजि डटकमले भाडामा वस्नेहरूको सामान सुरक्षित राखिदिने भएको छ। गाउँबाट शहरमा डेरामा बस्ने विद्यार्थीलाई समस्या भयो र थोरै पैसामा सामान राखिदिने योजना रहेको छ।

यो समस्या विद्यार्थीलाई मात्र होइन, जागिर गुमाएका, शहरमा केही अवसर खोज्दै भाडामा बस्नेहरुलाई पनि भयो । कोठा छोडर जाऊ भने पनि सामान कहाँ राख्ने समस्या खडा भएको छ।

जहाँ समस्या त्यहाँ उपाय । यही समस्यालाई सामान गर्न भन्दै दुई युवाले सुरु गर्दै छन् अनलाइन प्लेटफर्म साहुजी डट कम र साहुजी एप । उनीहरु हुन बर्दियाका प्रवेश भुसाल (कबिर काफ्का) र पाँचथरका पवन पोखरेल ।

कसैले कोठा छोडेर सामान कतै सुरक्षित राख्न चाहन्छन् भने उनीहरुका लागि यो उपयुक्त सुविधा हुनसक्छ ।उनीहरुले गएको लकडाउन कै बेलामा यो सेवा सुरु गरिसकेका थिए । आधा दर्जनको सामानमा सुरक्षित राखिदिएका छन् भने सयभन्दा धेरैको अर्डर आएको भुसाल बताउँछन् ।

‘गत वर्ष भएको लकडाउनमा हामीले धेरैको यस्तो समस्या देख्यौं,’ भुसाल भन्छन्, ‘कसैलाई सामान राख्न छ भने हामीले सुरक्षित राख्ने व्यवस्था मिलाएका छौं ।’

उनीहरुले अहिले फोन नम्बर सम्पर्कबाट मात्र सामान लिने काम गरिरहेका छन् । भने मे एक तारिख अर्थात वैशाख १८ गतेबाट साहुजी डटकम र साहुजी एप औपचारिक रुपमा सार्वजनिक गर्दै छन् ।

त्यसपछि साहुजीको वेबसाइट र एप मार्फत सामान राख्नको लागि अर्डर दिन सकिने उनको भनाइ छ । सीप भएका व्यक्तिले साहुजीमा आएर अकाउन्ट बनाउन सक्ने छन् ।

सामानलाई कसरी र कहाँ सुरक्षित राख्ने भनेर उनीहरुले विभिन्न उपाय बारे छलफल गरिरहेका छन् । अहिले उपयुक्त उपाय भनेको खाली होस्टलहरु पनि हो ।

लकडाउनले होस्टलहरु खाली भएका छन् । त्यो ठाउँमा सामान राख्न पाए होस्टलहरुलाई पनि राम्रो हुने उनको विचार छ ।

‘हामीले सामान राख्नका लागि होस्टेल एशोसिएसनसँग सहकार्य गरेका छौं । अहिले होस्टेलहरु पनि खालि छन् । उनीहरुलाई पनि आम्दानी हुन्छ’ भुसालले भने ।

उनका अनुसार पिकअप भ्यान भरि सामान भयो भने मासिक ३ हजार शुल्क लाग्छ तर सामान थौरै छ भने शुल्क केही सस्तो हुनेछ । सकेसम्म महंगो सामान नराख्न भुसालको सुझाब छ ।

साहुजीले सामान भाडामा राख्ने मात्र होइन अन्य धेरै सेवाहरु पनि उपलब्ध गराएको छ । साहुजीबाट होम स्यानिटाइजेसन, प्लम्बर, कारपेन्टर, इलेक्ट्रिसियन, क्लिनिङ, जस्ता अन्य काम पनि गर्ने भुसालले बताए । यसमा आवश्यकताअनुसार सेवाहरु थपिदै जाने उनको भनाइ छ ।

अहिलेसम्म आफूहरुले फोन, फेसबुक पेज र इन्स्टाग्रामबाट बुकिङ लिइरहेको र त्यसैका आधारमा सम्बन्धित सीपमा दक्ष रहेको व्यक्तिलाई कामका लागि पठाउने गरेको प्रवेश भुसालले बताए ।

कम्पनीले साहुजीको नारा एक कल समस्या हल राखेको छ । उक्तनारा अनुसार जति सक्दो चाँडो सेवा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।