अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने तर यात्रु माथि कडा निगरानी राख्ने

Top Post समाचार

१३ वैशाख, काठमाडौं । सरकारले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अन्तर्राष्ट्रिय हवाइ उडान गर्ने कि नगर्ने भन्नेबारे लामो बहसपछि अन्तिममा तत्काल बन्द नगर्ने तर यात्रुहरूमाथि कडाइ गरिने निर्णय गरिएको हो ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।