५ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञा

Headlines समाचार

१२ वैशाख, काठमाडौं । कोभिड — १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञाको तयारी गरेको छ । बैशाख १५ गतेबाट लागु हुनेगरी ती जिल्लाहरुमा निषेधाज्ञाको तयारी भएको हो ।

सीसीएमसीको आजको बैठकले यस्तो तयारी गरेको स्रोतले बताएको छ ।