कोरोना लुकाउंदै घर आईपुगे, अन्तत ज्यान गयो

Headlines समाचार स्वास्थ्य

६ वैशाख, दैलेख । रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।

आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।