ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

Top Post समाचार

४ चैत, काठमाण्डौ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।