नागार्जुन जंगलमा भिषण आगलागी, हेलिकप्टरवाट पानी खसाल्ने तयारी

Headlines समाचार

२९ चैत, काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका लागि दमकल परिचालन गरिएको छ ।

आइतबार दिँउसो डढेलो लागेपछि निभाउनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन खड्काले बताए ।

दमकलले मात्रै डढेलो नियन्त्रणमा लिन नसकिने भन्दै आगो निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको बताइएको छ ।