नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी

समाचार

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए ।