घरबाहिर खुला स्थानमा नबस्न र मर्निङवाकमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

समाचार स्वास्थ्य

१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको भन्दै सचेत रहन अपील गरेको छ ।
मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा जेष्ठ नागरिकहरुको विशेष ख्याल गर्न आग्रह गरेको छ ।

फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन मन्त्रालयले आग्रह गरेको छ । धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
अत्यावश्यक नभइ सवारीसाधन नचलाउन तथा प्रदूषण कम गर्ने कार्यमा सघाउन समेत मन्त्रालयले सवै पक्षसँग आग्रह गरेको छ ।