पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रति लिटर ११८ रूपैयाँ

Headlines समाचार

३ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।