प्रतिनिधिसभाको बैठक बस्दै

Top Post राजनीति

३ चैत, काठमाडौँ। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुन: सर्वोच्चले बदर गरेपछिको पुनर्स्थापित संसदको बैठक तेस्रो पटक बस्न लागिएको हो।

यसअघि गत फागुन २३ र २६ गते क्रमश: पहिलो र दोस्रो चोटी बसेको थियो ।

यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । अधिवेशन सुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको आजको बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ।

आजको बैठकको कार्यसूचीमा तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने र सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको बताईएको छ।