पशुपतिमा सुनको जलहरी राख्न पाइने सर्वोच्चको आदेश

Top Post समाचार

२ चैत, काठमाडौँ। सर्वोच्च अदालतले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्न पाइने आदेश गरेको छ। यसअघि सुनको जलहरी नराख्न सर्वोच्च आफैले जारी गरेको अल्पकालीन अन्तरिम आदेश सोमबार खारेज गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश आज गरेको हो।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिसकेपछि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नराख्न अल्पकालीन आदेश गरेको थियो। पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता, प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश गरेको थियो।