कुन ठाउँबाट, कुन नेताले कमान्ड सम्हाल्दै छन् भोलिको आमहडतालमा?

राजनीति समाचार

२१ माघ, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने लागिपरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ ।
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको छ । आमहड्तालको कमाण्डरहरू पनि ठाउँ अनुसार खटाईएको नेकपा प्रचण्ड माधव पक्षले वताएको छ।
कलङ्कीमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र बालाजु वाट रघुजी पन्त त्यस्तै गरि गोगंबु चोक वाट भिम रावलले कमान्ड सम्हाल्ने छन्।
चक्रपथ नारायणगोपाल चोकमा शक्ति बस्नेत,चाबाहिल देखि बर्षमान पुन, हरिबोल गजुरेल, कोटेश्वर चोकवाट लिलामणी पोखरेल र रत्नपार्कमा नारायण काजी श्रेष्ठ,जनार्दन शर्मा रहने छन्।
बल्खु चोकमा बेदुराम भुसाल र सातदोबाटो चोकमा देब गुरुङ अनि पुल्चोकमा पम्फा भुसालले कमान्ड सम्हाल्ने वताईएको छ।