सुनचाँदीको मुल्य ओरालो लाग्यो

अर्थ

४ माघ, काठमाडौँ। साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घटेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २०० सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।