नेपाली काँग्रेस गाेरखाले गर्याे बिराेध कार्यक्रम

राजनीति समाचार

२६ पुस, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेपाली काँग्रेस गाेरखाका ४ वटै प्रदेश क्षेत्रले सरकारकाे गैरसंबैधानिक कदमकाे बिरुद्धमा बिराेध कार्यक्रम एउटा चरण हिजाे सम्पन्न गरेकाे छ ।

नेपाली कांग्रेस क्षेत्र नम्वर १ मा गाेरखा बजारबाट माेटर साइकल र्याली गर्दै आहाले भङ्ज्याङ तथा आरुघाटमा काेण सभा आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रमकाे प्रमुख अतिथि पुर्व मन्त्री तथा केन्द्रीय सदस्य , उद्योग बिभाग प्रमुख चिनकाजी श्रेष्ठले केपि वलि सरकारले जनताकाे अभिमतकाे अपमान गरेकाे अबका दिनमा जनताले कुनै पनि कम्युनिस्ट पार्टीलाई बिश्वास गर्न नसक्ने बताउनु भयाे । क्षेत्र नं २ काे पालुङटार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे तथा जाैवारीमा केन्द्रीय सदस्य कमला पन्तले सम्बाेधन गरेका थिए ।

बिराेध कार्यक्रममा सहभागी हुन जिल्ला समितिका नेताहरु लगायत जिल्लाका अगुवा कार्यकर्ता ठाउँ ठाउँबाट आएका थिए । नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य कमला लामिछाने, संगठन बिभागका सदस्य भुगाेल थापा , संघिय मामिला बिभागका सदस्य युवराज बस्ताकाेटी लगायतकाे उपस्थिति थियाे ।