प्रधानमन्त्री ओली धनगढी जाँदै

Top Post समाचार

२३ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न उनी धनगढी जाने भएका हुन् ।

बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ ।

भोलिको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।