नेकपा गोेरखा द्वारा चरणवद्द आन्दोलनको घोषणा

राजनीति समाचार

१२ पुस, गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोरखाले प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। जिल्ला कमिटीको बैठकले तय गरेको १२ दिने आन्दोलनको कार्यक्रम पत्रकार सम्मेलन गरेेर सार्वजनिक गरेको हो ।

एक हजार एक सदस्यीय जिल्ला संघर्ष समिति गठन गरि आन्दोलनलाई थप सशक्त वनाउने निर्णय गरेको छ। जिल्ला कमिटीका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरिराज अधिकारी प्रमुख आतिथ्यमा वैठक वसेको थियो। साथै सो समितिको अगुवाइमा आउँदो पुस १४ गते सदरमुकाममा जनप्रदर्शनसहित विरोध कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै पुस १६ र १७ गते नगर कमिटी र गाउँपालिका कमिटीको बैठक तथा भेला, प्रशिक्षण गर्ने, पुस २० गते जिल्लामा क्रियाशील जनवर्गीय संगठन तथा मोर्चा र जातीय संगठनहरुको भेला गर्ने निर्णय गरेको छ । पुस २२ गते जननिर्वाचित जनप्रतिनिधिको भेला तथा प्रशिक्षण गर्ने, पुस २१ गतेदेखि २५ गतेसम्म वडा पार्टीको भेला तथा प्रशिक्षण गर्ने निर्णय भएको बारे जिल्ला सदस्य विश्वेश्वर कट्टेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आन्दोलन घोषणाको सार्वजनिकीकरण कार्यक्रममा जिल्ला इञ्चार्ज कृष्ण धिताल र अन्य नेताहरू लगायतको सहभागिता रहेको थियो ।